२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

थप १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

मंगलवार , भाद्र ३०, २०७७

 मुलुकभर थप १ हजार ४ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ४ सय ५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ५६ हजार नाघेको छ । आजसम्म ५६ हजार ७ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये १५ हजार ७ सय ७९ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार