२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

गण्डकी प्रदेशमा मंगलबार थप ४७ संक्रमित थपिए, एक जनाको मृत्यु

मंगलवार , भाद्र ३०, २०७७

काठमाडौँ, भदाै ।  गण्डकी प्रदेशमा मंगलबार थप ४७ जना कोरोना संक्रमित थपिएका छन् ।

क्षयरोग उपचार केन्द्र, पोखरा परिक्षणमा गण्डकी  प्रदेशमा मंगलबार थप ४७ जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमितहरुमा नवलपरासी पूर्वका २० जना, स्याङजाका १२ जना, तनहुँका ७ जना, कास्कीका ३ जना, तनहुँका २ जना, गोरखा, लमजुङ र मनाङका एक एक जना रहेका छन् ।

नयाँ संक्रमितमा तनहुँ जिल्ला, सुक्लागण्डकी-१० का २३ बर्षीय महिला पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा उपचाररत हुन् भने पोखरा महानगरपालिका १४ र १ का २ जना पुरुष नमुना परिक्षणको लागि सोहि अस्पतालमा आएका हुन् ।

त्यसैगरी पोखरा महानगरपालिकाका ३२ बर्षीय महिला सृजनाचोक, पोखरामा रहेको मेट्रोसिटी अस्पतालमा कार्यरत सफाई कर्मचारी हुन् भने लमजुङ जिल्लाका १ जना ७० बर्षीय पुरुष बेशीसहरमा रहेको मोडल अस्पतालमा उपचाररत हुन् ।

अहिलेसम्म प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १८९५ रहेको छ भने निको हुने दर ६०.८९ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

त्यस्तै प्रदेशमा अहिलेसम्म ३११२ जना संक्रमित भएका छन् । प्रदेशमा अहिले सक्रिय संक्रमितको संख्या ११ सय ८७ रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।  

थप एक जनाको मृत्यु 

गण्डकी प्रदेशमा कोरोनाबाट पछिल्लो मृत्युमा गोरखा जिल्ला, बारपाक सुलिकोट-८ स्थायी ठेगाना भएकी ६३ बर्षीय महिला रहेकी छन् । 

उनको भदौ २९ गते बिरेन्द्र अस्पताल, छाउनी काठमाडौँमा निधन भएको हो । उनको भदौ २५ गते कोरोना पुष्टि भएको थियो । उनी क्यान्सर रोगी समेत थिइन् 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार