२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

उपत्यकामा कोरोना : "थप ५१२ मा संक्रमण"

सोमवार , भाद्र २९, २०७७

 

काठमाडौँ, भदाै ।  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५१२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार,  सोमबार काठमाडौंमा ४४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जनामा कोरोना संक्रमण देखिएको हो ।

सोमबार मुलुकभर १ हजार १७० जना संक्रमित थपिएका छन् । यस्तै ८७९ संक्रमित निको मन्त्रालयले जनाएको छ । सोमबारसम्म कोरोनाबाट निको हुनेहरुको संख्या ३९ हजार ५७६ पुगेको छ ।

मुलुकभर कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ भने सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार ३९३ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबारको मिडिया ब्रिफिङमा जानकारी दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार