२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कोरोना संक्रमण : "कपिलवस्तु चन्द्रौटाका २ को मृत्यु"

सोमवार , भाद्र २९, २०७७

 

कपिलवस्तु, भदाै ।  कोरोना भाइरस संक्रमणका कारण कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ५, चन्द्रौटा बजारका दुई को मृत्यु भएको छ ।

बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा उपचार गराइरहेकी ४७ वर्षीय महिलाको सोमबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन कुमार थापाले बताए ।

उनी मिर्गौला र उच्च रक्तचापका बिरामी थिइन् । त्यस्तै, उक्त वार्डकै ५८ वर्षीय पुरुषको आइतबार भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको छ ।

उनी दमका बिरामी थिए । महिलामा भदौ २१ र पुरुषमा भदौ २२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार