२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

बुटवल : 'कोरोनाबाट कपिलवस्तुकी महिलाको मृत्यु'

सोमवार , भाद्र २९, २०७७

 

रुपन्देही, भदौ । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा एक संक्रमितको मृत्यु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारको क्रममा सोमबार (आज) बिहान मृत्यु भएको हो ।

भदौ २१ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको आईसीयूमा उपचार भइरहेकोमा सोमबार बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले पुष्टि गरे ।

उनी मिर्गौला रोगबाट पीडित र डायलासिस गराइरहेको विरामी रहेको डा. गौतमले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार