काठमाडौं, भदौ । पछिल्लो २४ घण्टामा मुलुकमा १०३९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमितको संख्या ५४१५९ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ११७३ जना निको भएर घर फर्किएका छन्। यससँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ३८६९७ पुगेको छ।
मुलुकमा हाल सक्रिय संक्रमितको संख्या १५११७ जना छन्। त्यसमध्ये ७७३० जना संस्थागत आइसोलेसनमा र ७३८७ जना होम आइसोलेसनमा रहेका छन्।
क्वारेन्टिनमा ६५३६ जना रहेका छन् भने ९१६५ जनाको पीसीआर परीक्षण गरिएको छ। मुलुकमा हाल १६९ जनाको आईसीयू र २३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ।