२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

चितवन :' एकैदिन ८७ मा कोरोना संक्रमण'

शनिवार , भाद्र २७, २०७७

 

चितवन, भदौ । चितवनमा एकैदिन ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार राति भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालाले सार्वजनिक गरेको रिपोर्टमा ८७ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ ।

संक्रमित सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५० पुरुष र २३ महिला गरी ७३ जना छन् । कालिका नगरपालिकाका ६ पुरुष र २ महिला गरी ८ जना छन् ।

खैरहनीका २ महिला र २ पुरुष गरी ४ जना तथा रत्ननगरका २ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै चितवनमा संक्रमितको संख्या १२ सय पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार