२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कोरोना कहर:

नेपालमा एकैदिन १४५४ मा कोरोना संक्रमण, संक्रमितको संख्या ५१,९१९

६ हजार ६३४ होम आइसोलेसनमा

शुक्रवार , भाद्र २६, २०७७

काठमाडौँ, भदौ  । पछिल्लो २४ घन्टामा नेपालमा थप १४५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।  

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५१ हजार ९१९ जना पुगेको छ। पछिल्लो २४ घन्टामा थप ९७२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ३६ हजार ६७२ उपचारपछि निको भएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ छ। ८ हजार २९१ जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार ६३४ होम आइसोलेसनमा छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार