२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

शुक्रबार सुन र चाँदीको मुल्यमा गिरावट

शुक्रवार , भाद्र २६, २०७७

काठमाडौँ,  भदौ ।  शुक्रबार सुन र चाँदीको मुल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सयले घटेर प्रतितोला ९६ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ९६ हजार ८ सयमा कारोबार भएको थियो ।  

त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ९६ हजारमा कारोबार भइरहेको छ । त्यसैगरी शुक्रबार चाँदीको मुल्यमा पनि सामान्य गिरावट आएको छ । 

शुक्रबार चाँदीको मुल्य तोलामा १५ रुपियाँले घटेर १३ सय १० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार