२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

चितवन : ' थप ३४ जनामा कोरोना संक्रमण'

शुक्रवार , भाद्र २६, २०७७

 

चितवन,  भदौ ।  चितवनमा थप ३४ जना कोरोना संक्रमित थपिएका छन् । भरतपुर कोभिड प्रयोगशालामा नमूना परीक्षण गर्दा चितवन जिल्लाका ३१ जनासहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

चितवनमा संक्रमण पुष्टि हुनेहरु सबै भरतपुर महानगरपालिकाका छन् । जसमध्ये २६ पुरुष र ५ महिला रहेका छन् । पुरुषहरु १२ वर्षीय बालकदेखि ५७ वर्ष उमेर समूहका छन् । यस्तै, महिलाहरु २४ देखि ५४ वर्ष उमेर समूहका छन् ।

उनीहरु सबैको भरतपुर अस्पताल स्वाब संकलन केन्द्र, पुरानो मेडिकल कलेज, पुष्पाञ्जली अस्पताल र क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो ।

यसैगरी, पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१ का २८ वर्षीय पुरुष र २९ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै पर्साको ठोरी–२ की २१ वर्षीया महिलामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

चितवनमा शुक्रबार बिहानसम्म कुल संक्रमितको संख्या ११ सय पुगेको छ । हालसम्म कोरोनाबाट चितवन जिल्लाका १३ सहित २४ जनाको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार