२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

फेरि बढ्यो अमेरिकी डलरको भाउ, हेर्नुहोस् कुन देशको विनिमयदर कति ?

बुधवार , भाद्र २४, २०७७

काठमाडौं, भदौ ।  बुधबार पनि अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर बढेको छ ।

आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ४६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ६ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५३ रुपैयाँ ७३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५४ रुपैयाँ ५१ पैसा तोकिएको छ।  

त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ९३ पैसा तोकिएको छ ।  एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३२ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ४८ पैसा तोकिएको छ ।  

त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १० रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १२ रुपैयाँ ३ पैसा तोकिएको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ३४ पैसा तोकिएको छ । 

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ११ रुपैयाँ ५२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १३ रुपैयाँ ११ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ २६ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ४२ पैसा तोकिएको छ । 

am.jpg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार