२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

बढ्यो सुनचाँदीको भाउ, कति पुग्यो ?

बुधवार , भाद्र २४, २०७७

काठमाडौं, भदौ  । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ४ सय कायम भइ कारोबार भइरहेको छ । मंगलवारको तुलनामा सुनको मूल्य तोलामा ६ सयले वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै मंगलवार प्रतितोला सुनको मूल्य ९५ हजार ८ सयमा कारोबार भएको थियो । आज प्रतितोला तेजावी सुनको मूल्य ९५ हजार ९ सय रहेको छ ।

मंगलवारको तुलनामा आज पनि चाँदीको मूल्यमा ५ रुपैयाँले वृद्धि भएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १३१० मा कारोबार भएको थियो । भने आज मूल्य वृद्धि भइ प्रतितोला चाँदी १ हजार ३ सय १५ कायम भइ कारोवार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार