काठमाडौं, भदौ । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा मंगलबार पोखराका २६ जनासहित थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमित हुनेहरुमा कास्कीको पोखरा महानगरका २६ जना, तनहुँका ३ जना र वाग्लुङका ९ जना रहेका छन् । जसमा २७ बर्षका एक जना महिला चिकित्सक पनि रहेकी छिन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २६ सय ५० पुगेको छ ।