काठमाडौं, भदौ । बारा ,पर्सा र रौतहटका गरि थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा विभिन्न ठाँउका २९ जना संक्रमित थपिएको नारायणी अस्पतालका प्रबक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।
उनका अनुसार ८ महिलासहित २९ जनामा कोरोना संक्रमतिमध्ये पर्साका १३ जना, बाराका ९ जना र रौतहटका ७ जना छन ।
जसमा वीरगन्ज महानगरपालिकाको विभिन्न वडामा ८ जना संक्रमित थपिएका छन् ।
यस्तै वीरगन्जका चार जना संक्रमितको वडा खुलेको छैन भने वीरगन्जको नेपाली सेनाकाे ब्यारेकका एकजना रहेका छन ।
यस्तै पर्साको कालिकामाई गाउँपालिकाका २ जना, सखुवाप्रसौनी गाउँपालिकाका २ जना संक्रमित थपिएका छन् । विभिन्न जिल्लाका वीरगन्ज हेल्थ केयर अस्पतालमा रहेका ३ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै बाराको कलैया उपमहानगरपालिकाका २ जना , बारागढी गाउँपालिकाका ४ जना , स्वर्ण गाउँपालिकामा एक जना र इलाका प्रहरी कार्यालय बारागढीमा एक जनामा कोरोना पुष्टि भएको छ । भने रौतहटका ७ जना संक्रमित गरुडा प्रहरी कार्यालयका हुन् ।
योसँगै पर्सामा हालसम्म २ हजार ४ सय एक जना कोरोना संक्रमित पुगेका छन् । त्यसमध्ये १ हजार ५ सय ७ जना निको भएका छन ।
यस्तै पर्साका मात्रै हालसम्म ४२ जनाको कोरोना संक्रमितको निधन भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।