२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

आज पनि घट्यो सुनको मूल्य

मंगलवार , भाद्र २३, २०७७

काठमाडौं, भदौ  ।  नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा तीन सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य ९५ हजार ३ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय २० रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा आज तोलामा १० रुपैयाँले घटेर १३ सय १० रुपैयाँ प्रतितोला कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार