२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

कुन जिल्लामा थपिए कति संक्रमित?

सोमवार , भाद्र २२, २०७७

देशभर आइतबार ३३८ महिला र ६४१ पुरुष गरी थप ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै देशभर संक्रमित हुनेको संख्या ४७ हजार २ सय ३६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका १, झापाका १६, पाँचथरका ६, भोजपुरका १, मोरङका ३९, सुनसरीका ६५, सोलुखुम्बुका १, धनुषाका ४४, महोत्तरीका ३, सप्तरीका १९, सर्लाहीका २०, सिराहाका ४१, काठमाडौँका २९३, काभ्रेका २८, चितवनका १९, दोलखाका ३, धादिङका ४, भक्तपुरका १३, मकवानपुरका ७३, ललितपुरका २०, सिन्धुाल्चोकका ३, सिन्धुलीका १, कास्कीका ३०, गोरखाका १८, तनहुँका ६, नवलपरासीपुर्वका १६, पर्वतका १, लमजुङका १५, कपिलवस्तुका २, गुल्मीका ८, नवलपरासीका २, पाल्पाका ५, प्युठानका १, बर्दियाका ४१, बाँकेका ४२, रुपन्देहीका ४१, कालिकोटका २, जाजरकोटका १, हुम्लाका १, दैलेखका ३, सुर्खेतका १९, कञ्चनपुरका ७, कैलालीका ३, बझाङका १ तथा बाजुराका १ जनामा संक्रमण पुष्टि भएको हो। देशभर हालसम्म १६ हजार २५९ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ९ हजार २१८ जनाको पीसीआर परीक्षण गरिएको छ भने ४ हजार ७३९ जना क्वारेन्टिनमा रहेका छन्। गत २४ घन्टामा १ हजार ७ सय ३६ जना संक्रमणमुक्त भएर डिसचार्ज भएका छन्।

यससँगै डिसचार्ज हुनेहरुको संख्या ३० हजार ६७७ पुगेको छ। देशभर १७१ जना आइसीयुमा छन् भने २० जना भेन्टिलेटरमा छन्। ताप्लेजुङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला गरी ५ जिल्ला संक्रमणमुक्त भएका छन्।

साथै मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, रौतहट, सर्लाही, काठमाडौँ, ललितपुर, चितवन, रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार