२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

पीपीएल क्रिकेटः आज दुई खेल हुँदै, जित्नैपर्ने दबाबमा काठमाडौं

आइतवार , मंसिर २९, २०७६

काठमाडाै, मङ्सिर  । पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) मा आज (सोमबार) दुई खेल हुँदैछन् । पहिलो खेलमा विराटनगर टाईटन्स र धनगडी ब्लुज तथा दोस्रो खेलमा काठमाडौं गोल्डेन र बुटवल ब्लास्टर्सबीच प्रतिस्पर्धा हुनेछ ।

 

पोखरा रंगशालामा हुने पहिलो खेल बिहान ९ बजेबाट हुनेछ । प्रदीप ऐरीको कप्तानीमा रहेको बिराटनगर  र दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको  धनगढीले गत संस्करणको पीपीएलमा लिग चरणमा खेलेका थिए । जसमा धनगडीले बिराटनगरलाई ७८ रनले पराजित गरेको थियो ।

यस्तै, दिउँसो पौने १ बजे हुने खेलमा बुटवल ब्लास्टर्सले काठमाडौं गोल्डेन्ससंग खेल्नेछ । उद्घाटन खेलमा घरेलु टोली पोखरा पल्टनसँग पराजित काठमाडौँले दोस्रो खेलमा जित निकाल्दै अघिल्लो चरण प्रवेशको लक्ष्य लिएको छ ।

यस्तै, बुटवल समेत सुखद सुरुवातको लक्ष्यमा रहेको छ । बुटवलको कप्तानी सोमपाल कामीले गर्नेछन् भने काठमाडौंको कप्तानी ज्ञानेन्द्र मल्लले गर्नेछन् ।

गत संस्करणको लिग चरणको खेलमा काठमाडौंले बुटवललाई ३७ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार