२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

म्यानचेस्टर सिटीले आर्सनललाई हरायो, म्यान्चेस्टर युनाइटेड र एभर्टनले बराबरी खेले

आइतवार , मंसिर २९, २०७६

काठमाडाै, मङ्सिर  ।  इङ्गलिस प्रिमियर लिग फुटबलमा गएराति म्यानचेस्टर सिटीले आर्सनललाई ३–० ले हराएको छ ।

जितसँगै सिटीले तालिकाको चौथो स्थानको चेल्सीसँग ६ अंकको अग्रता लिंदा दोस्रो स्थानको लेस्टर सिटीसँगको दुरी चार अंकमा झारेको छ ।

आर्सनलको मैदानमा भएको खेलमा सिटीलाई विजयी गराउन केभिड डे ब्रायनले दुई तथा राहिम स्टर्लिङले एक गोल गरे ।

प्रिमियर लिगमा आर्सनलको यो पछिल्लो पाँच खेलमा दोस्रो हार हो । जितसँगै सिटीले १७ खेलमा ३५ अंक बनाएको छ । आर्सनलको २२ अंक छ ।

गएराति भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले एभर्टनसँग १–१ गोलको बराबरी खेलेको छ ।

आफ्नै मैदान ओल्ड ट्राफोर्डमा मासन ग्रीनवुडले खेलको ७७ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई हारबाट जोगाएका हुन् ।

यसअघि खेलको ३६ औं मिनेटमा भिक्टर लिन्डेलोफको आत्मघाती गोलपछि एभर्टनले अग्रता लिएको थियो ।

प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरले वुल्भरह्यानम्पटन वान्डरर्सलाई २–१ ले हराएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार