२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

कोरोना भाइरस प्रकोप

नेपालमा काेराेना : 'थप १४ को मृत्यु, कुल २७१ पुग्याे'

कोरोनाले मृत्युदर बढ्दाे

शुक्रवार , भाद्र १९, २०७७

काठमाडौँ, भदौ ।  कोरोना भाइरसका कारणले नेपालमा मृत्युदर बढ्दाे छ । पछिल्लो २४ घण्टामा १४ को मृत्यु भएकाे छ । चार महिलासहित १४ काे कोरोना सङ्क्रमणका कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन।

काठमाडाैँमा ८२, ६७ र २२ वर्षीया महिला र चितवनमा ३५ वर्षीया महिलाकाे काेराेनाकाे कारणले मृत्यु भएकाे छ ।

यस्तै, सप्तरीमा ५५ र ५५ वर्षीय पुरुष, धनुषा ६५, कास्की ३१, नवलपरासीमा ३७फ प्युठानमा ५८, रूपन्देहीमा ७८, पाल्पामा ६३ र सुर्खेतमा ४२ वर्षीय पुरुषकाे मृत्यु भएकाे छ । यसरी भाइरसका कारणले मृत्यु हुनेको सङ्ख्या २७१ पुगेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार