काठमाडौं, भदौ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४५४ मा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौ ३८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरमा भने १३ सय ५९ जना संक्रमित थपिएका छन् । १३ हजार ६३८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३५९ संक्रमित थपिएका हुन् ।
देशभर कुल संक्रमितको संख्या ४४ हजार २३६ जना रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भई १ हजार ३५४ जना डिस्चार्ज भएका छन् ।