२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

पर्सा : 'थप ३२ मा कोरोना संक्रमण पुष्टि'

सोमवार , भाद्र १५, २०७७

वीरगञ्ज, भदौ । पर्सामा थप ३२ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा आईतबार गरिएको परीक्षणको राती अबेर आएको रिर्पोटमा पर्साका थप ३२ मा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता एंव सूचना अधिकारी डा. अतुलेश चौरसियाले जानकारी दिए।
नारायणी अस्पतालका प्रवक्ता एंव सूचना अधिकारी डा. चौरसियाका अनुसार नारायणी अस्पतालको प्रयोगशालामा आईतबार गरिएको ४३६ जनाको स्बाव परीक्षणमा पर्साका ३२ , बाराका ४ , सर्लाहीका १  र ठेगाना उल्लेख नगरिएका १  गरी ३८ मा कोरोना संक्रमण पुष्टि भएको हो ।
पर्सामा थपिएका ३२ जनामध्ये वीरगञ्ज महानगरपालिकाका २३ , कालिकामाई गाँऊपालिकाका ९ रहेका छन् । वीरगञ्ज महानगरपालिको वडा नम्बर १ र ४ का ४÷४  , वडा नम्बर २ र ११ का ३÷३ , वडा नम्बर १२ र २० का २÷२ , वडा नम्बर ३, ५ , ६ ,१३ र १५ का १÷१ रहेका छन् ।
नयाँ थपिएका बारा जिल्लाका ४ संक्रमितमा कोल्भी नगरपालिकाका ३ जना र महागढीमाईका १ र  त्यस्तैगरी सर्लाहीको रामनगर गाँऊपालिकाकाको १  रहेको नारायणी अस्पतालका प्रवक्ता एंव सूचना अधिकारी डा. अतुलेश चौरसियाले जानकारी दिए ।
शनिबार थपिएका ४७ संक्रमित सहित पर्सामा कुल संक्रमितको संख्या २ हजार १९२ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार