२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

चितवनका १० सहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि

आइतवार , भाद्र ७, २०७७

काठमाडौं, भदाै  ।  चितवनका १० जनासहित थप १३ जनामा कोरोना पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा शनिवार गरिएको परीक्षणमा चितवनका १० जना र अन्य जिल्लाका ३ जना गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रयोगशालाले शनिवार  सांँझ अध्यावधिक  गरेको विवरण अनुसार भरतपुर नगरपालिकाका ७ जना र राप्ती नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै मकवानपुरका २ जना र नवलपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिइन । शनिवार १६७ जनाको नमूना परीक्षण गरिएकोमा १५४ जनाको नतिजा नेगेटिभ आएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार