२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

बाँकेमा २९ प्रहरीसहित ४६ जना डिस्चार्ज

आइतवार , भाद्र ७, २०७७

काठमाडौं, भदाै । बाँकेमा आइतबार ४६ जनाले कोरोनालाई जितेका छन्। कोरोना जितेर डिस्चार्ज हुनेमा अधिकांश प्रहरी छन्।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले वडा प्रहरी कार्यालय, नेपालगञ्जका इन्चार्जसहित ४६ जना डिस्चार्ज भएको जानकारी दिए।

वडा प्रहरी कार्यालय, नेपालगञ्जका इन्चाजसहित २९ जना प्रहरीलाई एकैदिन पोजिटिभ देखिएको थियो । त्यही दिन केही थप प्रहरी र अरुलाई कोरोना पुष्टि भएको थियो।

ठूलो संख्याका प्रहरीलाई कोरोना देखिएपछि वडा प्रहरी कार्यालय, नेपालगञ्जलाई सील गरेर संक्रमित २८ लाई त्यही राखिएको थियो।

अरुलाई खुल्ला कारागार, इन्द्रेणी होटल, खजुरास्थित कोरोना विशेष अस्पतालमा राखिएको थियो।

बाँकेमा आइतबारसम्ममा ६ सय १४ जना डिस्चार्ज भएका छन् भने २ सय ३ जना उपचारका क्रममा रहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार