२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

पाटन अस्पताल : 'उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु'

शुक्रवार , भाद्र ५, २०७७

 

ललितपुर,  भदाै ।  पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, ललितपुरले दिएको जानकारी अनुसार पाटन अस्पतालमा उपचाररत दोलखा र सर्लाहीका एक–एक जना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको हो ।

केन्द्रका अनुसार भदौ २ गतेदेखि पाटन अस्पतालमा भर्ना भएकी दोलखाकी ३० वर्षीया महिलाको शुक्रबार उपचारकै क्रममा मृत्यु भएको हो ।

ती महिलामा कोभिड-१९ बाहेक पाठेघर वरपर गम्भीर संक्रमणको समस्या पनि रहेको अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिए ।

त्यसैगरी, साउन ३० गते पाटन अस्पतालमा उपचारका लागि भर्ना भएका सर्लाहीको मलंगवा निवासी ४६ वर्षीय पुरुषको पनि शुक्रबार मृत्यु भएको केन्द्रले जानकारी दिएको छ ।

ती पुरुषलाई भने कोरोनाबाहेक अन्य कुनै गम्भीर प्रकृतिको रोग नदेखिएको निर्देशक शाक्यले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार