२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुन एकै दिन तोलामा १६ सयले घट्यो

बिहिवार , भाद्र ४, २०७७

काठमाडौँ, भदौ ।  विहिबार सुन र चाँदीको मुल्यमा गिरावट आएको छ ।

बुधबार स्थिर रहेको सुनको मुल्य विहिबार एकै दिन तोलामा १६ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विहिबार सुन प्रति तोला ९८ हजार ८ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि सोमबार र मंगलबार सुन एक लाख ४ सयमा कारोबार भएको थियो । 

त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रति तोला ९८ हजार ३ सयमा कारोबार भइरहेको छ । त्यस्तै विहिबार चाँदीको मुल्य पनि घटेको छ ।

महासंघका अनुसार विहिबार चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३६० मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार