२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

बागलुङमा  वडा अध्यक्षसहित आठ जनामा कोरोना संक्रमण

बिहिवार , भाद्र ४, २०७७

काठमाडौं, भदाै । बागलुङमा  वडा अध्यक्षसहित ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कोरोना संक्रमितको सम्पर्कमा रहेको आधारमा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । 

पोखरामा गरिएको स्वाब परीक्षणमा संक्रमितसँगको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा बागलुङ नगरपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको बागलुङ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए । 

संक्रमितको सम्पर्कमा आएका १४ जनाको स्वाब परीक्षणको लागि पठाइएकोमा बागलुङ नगरपालिका–३ का संक्रमित महिलाका छोरा सहित २ जना पुरुष र ३ जना महिलाको रिपोर्ट पोजेटिभ आएको हो संक्रमित महिलाका ८ वर्षीय छोरा, अर्का १३ वर्षीय किशोर, २२ वर्षीय पुरुष, १६ वर्षीया  किशोरी र २१ र ३५ वर्षीया दुई महिलालाई संक्रमण पुष्टि भएको खनालले बताए । 

यसैगरी, गत शनिबार बडिगाड गाउँपालिका –६ का एक वडा अध्यक्षलाई कोरोना संक्रमण पुष्टी भएको थियो । उनलाई पुष्टी भएको आधारमा उनीसँगको कन्ट्याक्ट ट्रेसिङबाट स्वाब परीक्षण गर्ने क्रममा अर्का एक जना वडा अध्यक्षमा पनि कोरोना संक्रमण पुष्टि भएकाे गाउँपालिकाका स्वास्थ्य संयोजक निरञ्जन यादवले जानकारी दिए ।

गाउँपालिकाले वडा अध्यक्षलाई कोरोना संक्रमण देखिएपछि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष लगायतको कोरोना परीक्षणका लागि स्वाब पठाएको थियो । शनिबार परीक्षणका पठाइएको ५० जनामध्ये एकजना वडा अध्यक्षमा कोरोना संक्रमण देखिएको संयोजक यादवले बताए । अन्य ५० जनाको भने रिपोर्ट आउन बाँकीे छ । 

बुधबार नै जैमिनी नगरपालिकाका ८ का एक पुरुषमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।  संक्रमण बढ्दै गएपछि बागलुङ नगर क्षेत्रमा एक साताका लागि मंगलबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ ।

अहिलेसम्म जिल्लामा २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ सय ४१ जना निको भइसकेका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार