२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

पर्सामा थपिए १ सय ८ कोरोना संक्रमित

बुधवार , भाद्र ३, २०७७

काठमाडौँ, भदाै । नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्सामा थप एक सय ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।

नारायणी अस्पतालका अनुसार मंगलबार राति गरिएको परीक्षणमा जिल्लाका विभिन्न स्थानीय तहहरुमा गरि एक सय ८ जनामा संक्रमण देखिएको हो। सबै भन्दा बढी संक्रमित बहुदरमाई नगरपालिकामा भेटिएका छन्।

त्यहाँ मात्रै ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।जस मध्ये वडा नम्बर ५ भौराटारमा ६५ जना, वडा नम्बर २ बैरियामा २० जना, वडा नम्बर ३ नगरदाहामा ४ जना र गम्हरिया टोलमा एक जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै जिराभवानी गाउँपालिकामा २ महिला र २ पुरुषसहित ४ जना र छिपहरमाई गाउँपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको हो । वीरगञ्ज महानगरपालिका १६ नगवामा दुई जना, २५ चण्डाल चोकका २ जनामा संक्रमण देखिएको छ ।यसैगरि महानगरकै, रेशमकोठी, मुर्ली, घडिअर्वा, बहुअरी, भिष्वा लगायतका टोलहरुमा संक्रमितहरु भेटिएका छन्।

संक्रमितहरु ७ वर्षदेखि ६५ वर्ष उमेर समूहका रहेका छन्। यो सँगै पर्सामा कोरोना संक्रमितहरुको कुल संख्या १५ सय नाघेको छ।अब जिल्ला भरिमा संक्रमितहरुको संख्या एक हजार ५ सय ८२ पुगेको छ।

जस मध्ये १९ जना भारतीय नागरिक, १०२ जना स्वास्थ्यकर्मी, ७३ सुरक्षाकर्मी, ६ जना पत्रकार, ८९ कैदी थुनुवा , ४० जना अस्पताल सफाइकर्मी, गार्ड र कार्यालय सहयोगी रहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार