२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

भरतपुर अस्पतालको परिक्षणमा चितवनका २० सहित ३० जनामा कोरोना पुष्टि

बुधवार , भाद्र ३, २०७७

काठमाडौँ, भदाै । चितवनको भरतपुर अस्पतालको कोरोना प्रयोगशालामा भदौ  २ गते गरिएको परिक्षणमा ३० जनामा कोरोना पुष्टि भएको छ ।

अस्पतालले भदौ २ गते कुल ४७० नमुना परिक्षण गरेकोमा ३० जनाको पोजेटिभ आएको जानकारी दिएको छ ।

प्रयोगशाला प्रमुख डा. नितु अधिकारीले दिएको जानकारी अनुसार  नयाँ संक्रमितहरुमा चितवन जिल्लाका २० जना रहेका छन् भने नवलपुरका ५ जना, महोत्तरी, बाँके, तनहुँ, मकवानपुर र बाराका एकएक जना रहेका छन् ।

चितवनक नयाँ संक्रमितहरुमा भरतपुर महानगरपालिकाका १२ जना छन् भने राप्ती नगरपालिकाका २ जना खैरेनीका ५ जना र रत्ननगरका एक जना रहेका छन् ।

अस्पतालले यो नतिजा भदौ २ गते राति १२ बजेसम्मको भएको जानकारी दिएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार