२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

कोरोना भाइरसको संक्रमण

नेपालमा काेराेना : 'एकै दिन १०१६ मा संक्रमण, उपत्यकामा मात्र २०५'

एकै दिनमा संक्रमित पहिचान भएको यो सबैभन्दा धेरै

मंगलवार , भाद्र २, २०७७

 

काठमाडौं,  भदौ । पछिल्लो २४ घण्टामा १०१६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । नेपालमा ९ माघ, २०७६ मा कोरोना संक्रमण भेटिएपछि एकै दिनमा पहिचान भएको यो सबैभन्दा धेरै संक्रमित हो ।

यससँगै कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । उनीहरुमध्ये ११४ जनाको मृत्यु भएको छ भने १७ हजार ५८० जना निको भएका छन् ।

१० हजार ५६३ जना आइसोलेसनमा छन् । उनीहरुमध्ये ११८ जना आईसीयूमा छन् भने ६ जना भेल्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्याले जनाएको छ ।

थप ७ जनाको मृत्यु

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके, कास्की र तनहुँका एकएक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

 

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र २०५ जना संक्रमित थपिएका छन् । उनीहरुमध्ये काठमाडौंका १३८, ललितपुरका ५० र भक्तपुरका १७ जना छन् ।

यस्तै पर्सामा १२८ जना, मोरङमा १०८, सर्लाहीमा १०७, धनुषामा ६४, चितवनमा ४९, डोटीमा ४६, बारामा ४२, रौतहटमा ३७, मकवानपुरमा ३०, महोत्तरीमा २४, झापा र काभ्रेमा २१/२१ जना, कपिवलस्तुमा १९, सिराहा र कास्कीमा १६/१६ जना र रुपन्देहीमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बर्दियाका ९ जना, सुनसरीका ८, बाँकेका ६, दैलेखका ५, नवलपुरका ४, संखुवासभा, सप्तरी, सिन्धुपाल्चोक र बाग्लुङका ३/३ जना, उदयपुर, धादिङ, दोलखा, गोरखा, तनहुँ र दार्चुलाका २/२ जना तथा खोटाङ, ओखलढुंगा, पाँचथर, सिन्धुली, लमजुङ, स्याङ्जा, दाङ, नवलपरासी, रोल्पा, रुकुम पश्चिम, सुर्खेत, कैलाली र कञ्चनपुरका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार