२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

चितवनमा एकैदिन थपिए ४६ जना कोरोना संक्रमित

मंगलवार , भाद्र २, २०७७

काठमाडौं,  भदौ । चितवनमा पछिल्लो दिनहरुमा कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । 

मंगलबार पनि चितवनामा थप ४६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । सोमबार राति भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका ४६ जनासहित थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएो हो । 

कोराना संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका वडा नम्वर ५,७,८ र १० नम्वर वडाका ४ जना महिला, राप्तीको प्रहरी क्वारेन्टिनका ४० जना पुरुषर २ जना महिला रहेका छन् ।

त्यस्तै मकवानपुरका १ जना, बाराका २ जना र गोरखाका १ जना रहेका छन् । 

bharatpur.jpg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार