२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

पर्सामा थप ३५ जनामा कोरोना संक्रमण

बिहिवार , श्रावण २९, २०७७

काठमाडौं, साउन ।  पर्सामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

नारायणी अस्पतालको प्रयोगशालामा बुधबार साँझ गरिएको पीसीआर परीक्षणमा १० महिलासहित ३५ जना संक्रमित थपिएको नारायणी अस्पतालका मेसु डा.मदन उपाध्यायले जानकारी दिए । 

संक्रमण पुष्टि हुनेमा ७ वर्षदेखि ६२ वर्ष उमेर समूहका व्यक्ति छन् । तीमध्ये अधिकांस कन्ट्याक्ट ट्रेसिङ र स्वेच्छाले पैसा तिरेर परीक्षण गराएका रहेकाे डा. उपाध्यायले बताए ।  

बुधबार राति थपिएका नयाँ संक्रमितमध्ये बाराका एकजना र बाँकी सबै पर्साका रहेकाे अस्पतालले जनाएकाे छ । योसँगै पर्सामा संक्रमितको संख्या एकहजार एकसय ४४ पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार