२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

विराटनगरमा २२ संक्रमित थपिए

आइतवार , श्रावण २५, २०७७

काठमाडौं, साउन  । विराटनगर महानगरपालिकामा २२ जना कोरोना संक्रमित थपिएका छन्।

कोशी अस्पतालको शनिबार रातीको रिपोर्ट अनुसार महानगरपालिकाको ९ नम्बर वडाबाट ११ जना संक्रमित थपिएका छन्।

महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले ९ बाट ११ जनासँगै वडा नम्बर ३, १० र १४ मा समान २ जनामा संक्रमण देखिएको छ।

त्यसैगरि, वडा नम्बर ६, ११, १२, र १५ बाट समान १ जनामा कोरोना संक्रमण देखिएको हो।

त्यसैगरि, ३८ वर्षीय १ पुरुष संक्रमितको ठेगाना विराटनगर मात्र रहेको कार्कीले जानकारी दिए।

थप भएका २२ जनामध्ये ७ जना महिला र १५ जना पुरुष रहेका छन् । उनीहरु ९ वर्षदेखि ६० वर्ष उमेरसम्मका रहेको काकीले जानकारी दिए।

सोही रिपोर्टमा मोरङको जहदाका १ र प्रदेश २ का ४ जनामा पनि कोरोना देखिएको छ।

२२ जना नयाँ बिरामी थपिएसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको महानगर जनस्वास्थ्य महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार