काठमाडौं, साउन । जिल्ला प्रहरी कार्यालय चितवनका तीन जना प्रहरी, एक थुनुवा र बालकसहित ८ जनामा कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, चितवनका प्रमुख दिपक तिवारीका अनुसार प्रहरी कार्यालय चितवनमा कार्यरत दुई जना प्रहरी, एक जना शसस्त्र प्रहरी, एक जना थुनुवा, एक बालक, एक महिला र दुई पुरुषमा कोरोना देखिएको हो ।
कोरोना संक्रमण पुष्टि हुनेमा ७ जना पुरुष र एक जना महिला हुन् । भरतपुर अस्पतालमा उपचाररत ३१ वर्षीय महिला, चितवन मेडिकल कलेजमा उपचाररत ३६ वर्षीय पुरुष, सुर्खेत घर भइ सिमा सुरक्षा बल आँपटारीमा कार्यरत २२ वर्षीय प्रहरी पुरुष, नवलपुर गैंडाकोट– १५ घर भएका ३६ वर्षीय पुरुष छन् ।
एक जना ६ वर्षीय वालक होम क्वारेन्टाइनमा रहेका थिए । ३४ र ४८ वर्षका प्रहरी, २० वर्षीय थुनुवा र अन्य ३६ वर्षीय पुरुष होम क्वारेन्टाइनमा रहेका छन् । ती मध्ये बालकका हजुरबुवा र बुवा, आमालाई समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।
कार्यालयले शुक्रवार ६९ जनाको नमूना संकलन गरि परिक्षणका लागि पठाएको थियो ।