२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

काठमाडौं उपत्यकामा आज थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

शनिवार , श्रावण २४, २०७७

काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको कोभिड १९ नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा उपत्यका ३ जिल्लामा ६२ जनामा संक्रमण पुष्टि भएको जानकारी गराएको हो ।

प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं ५६, ललितपुर ३ र भक्तपुरमा ३ संक्रमित फेला परेका छन् । यस्तै आज देशभर थप तीन सय ७८ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म कुल संक्रमितको संख्या २२ हजार पाँच सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा चार सय ९९ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार