२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

कोरोना कहर

पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा कोरोनाका १०६ जना नयाँ संक्रमित थपिए

काठमाडौँमा ९२ जना

शुक्रवार , श्रावण २३, २०७७

 पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा कोरोनाका १०६ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा १०६ जना नयाँ संक्रमित फेला परेको जानकारी दिएका हुन् ।

थपिएका संक्रमितमध्ये काठमाडौँमा ९२ जना, ललितपुरमा १० जना र भक्तपुरमा ४ जना छन् ।

२४ घन्टाको अद्यावधिक विवरण अनुसार बिहीबार भने उपत्यकाका ३ जिल्लामा ८७ जना संक्रमित भेटिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार