२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

कोरोना कहर

काेराेना संक्रमितकाे संख्या २२ हजार नाघ्याे, आज थप ४ सय ६४ जनामा संक्रमण पुष्टि

डिस्चार्ज हुनेहरुकाे संख्या १५ हजार ८ सय १४

शुक्रवार , श्रावण २३, २०७७

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा ४ सय २५ जना डिस्चार्ज भएकाे बताए। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुकाे संख्या १५ हजार ८ सय १४ पुगेकाे छ।

पछिल्लो २४ घण्टामा ७ हजार ९ सय २६ जनाको पीसीआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

हाल देशभर १० हजार २ सय ७ क्वारेन्टिनमा रहेका छन्। देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ३० रहेकाे छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार