२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

कोरोना कहर:

लकडाउनका कारण विभिन्न देशमा रोकिएका १५ सय नेपाली स्वदेश फर्किँदै

दुबइको विमानमार्फत ५२५ जना आउन

बुधवार , श्रावण २१, २०७७

काठमाडौं, साउन ।  लकडाउनका कारण विभिन्न देशमा रोकिएका करिब १५ सय नेपाली आज स्वदेश फर्किँदैछन्। 

साउदी अरब, कतार, युएई , मलेशिया र टर्कीबाट गरी १४ सय ९४ जना नेपाली आउन लागेका नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार साउदी अरबबाट नेपाल एयरलायन्सका दुई वटा र हिमालय एयरलायन्सको एउटा विमानमार्फत ५ सय ६४ जना आउँदैछन्।

यस्तै युएइबाट दुईवटा एयर अरेबिया र एउटा फ्लाई दुबइको विमानमार्फत ५२५ जना आउन लागेका छन्।  यस्तै मलेसियाबाट मालिन्दो एयरलायन्सको उडानबाट १७८ र टर्कीबाट टर्कीस एयरलायन्सको विमानमार्फत ७३ जना नेपाली स्वदेश फर्कन लागेका प्राधिकरणले जनाएको छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार