२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

एकै परिवारका १४ सहित २२ जनामा संक्रमण पुष्टि भएपछि रंगेली बजार क्षेत्र सिल

मंगलवार , श्रावण २०, २०७७

काठमाडौँ, साउन । मोरङमा थप २२ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।

कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा उनीहरूमा कोरोना पोजिटिभ देखिएको हो । संक्रमित सबै रंगेली नगरपालिकाका हुन् ।

२२ मध्ये १४ जना एकै परिवारका रहेका नगरपालिकाका प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

एकैपटक २२ जनामा संक्रमण पुष्टि भएपछि नगरपालिकाले रंगेली बजार क्षेत्र अनिश्चितकालका लागि सिल गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार