२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

कोभिड–१९ : को संक्रमण

काठमाडौं उपत्यका : 'थप ३१ मा संक्रमण पुष्टि'

काठमाडौंमा ११ र ललितपुरका चारमा संक्रमण

आइतवार , श्रावण १८, २०७७

 

काठमाडाै, साउन । काठमाडौं उपत्यकाका तीन जिल्लामा आइतबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  उपत्यकाको काठमाडौं जिल्लाका २२ जना, ललितपुरका आठजना र भक्तपुरका एकजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ११ जना र ललितपुरका चारजनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा काठमाडौंका आठजनामा संक्रमण पुष्टि भएको छ । वीर अस्पताल प्रयोगशालामा काठमाडौंका एक, त्रिवि शिक्षण अस्पतालमा काठमाडौंका एक र नेपाल प्रहरी अस्पताल प्रयोगशालामा काठमाडौंका एकजनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा ललितपुरका तीन तथा नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एक जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार