काठमाडाै, साउन । नेपालमा काेराेनाबाट पछिल्लाे २४ घन्टामा देशभर गरिएकाे परीक्षणामा थप २४६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याेसमेत देशभर हालसम्म संक्रमितको संख्या २० हजार ३३२ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
विगत २४ घण्टामा आठ हजार ८३१ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो अवधिमा १११ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ पुगेको छ । संक्रमण निको हुने दर ७१.८ प्रतिशत रहेकाे गौतमले जानकारी दिए ।
हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ६७२ र क्वारेन्टाइनमा बस्नेको संख्या १० हजार ९३४ रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।