२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

कोरोना कहर:

पर्सा र बारामा ५३ जनामा कोरोना संक्रमण पुष्‍टि, सेना र चिकित्सक पनि संक्रमित

संक्रमित हुनेमा पर्साका ५० जना

बुधवार , श्रावण १४, २०७७

काठमाडौँ,  साउन । पर्सा र बारामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा गरिएको परीक्षणमा १५ महिलासहित स्वास्थ्यकर्मी र सेनाका जवानमा समेत कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा पर्साका ५० जना र बाराका ३ जना छन् ।

नारायणी अस्पतालको क्‍वार्टरमा बस्‍ने ४ महिला र ७ पुरूष गरी ११ जना र अस्पतालमा कार्यरत तीन पुरुष र एक महिला गरी ४ जना स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । वीरगञ्‍जस्थित आर्मी क्याम्पका २ जना नेपाली सेनामा पनि कोरोना देखिएको छ ।

त्यसैगरी पर्साको वीरगञ्‍जका विभिन्‍न स्थानका १९ पुरुष र तीन वर्षीया बालिकासहित ९ महिलामा पनि संक्रमण पुष्‍टि भएको छ ।यस्तै पर्साको छिपहरमाई, जगरनाथपुरका एकएकजना पुरुष तथा पटेर्वासुगौली गाउँपालिकाका २ पुरुष र एक महिलामा संक्रमण देखिएकाे छ ।

यता बाराकाे जीतपुर हेल्थ पोष्टमा कार्यरत २४ र २७ वर्षका पुरुष र बाराको कलैया १ का ३४ वर्षीय पुरुषमा पनि काेराेना संक्रमण पुष्टि भएको छ ।वीरगञ्‍जमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या ह्‍वात्तै बढेको छ ।

चिकित्सक तथा प्रहरी र सेनामा पनि संक्रमण देखिन थालेपछि जोखिम थप बढेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार