२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

युरोको मूल्य बढ्दा डलर उही दरमा : यस्तो छ आजको विदेशी विनिमय दर

सोमवार , श्रावण १२, २०७७

  काठमाडौं, साउन ।  नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी विनिमयहरुको दर निर्धारण गरेको छ। नेपालमा मूलतः भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको दर भने हरेक दिन फरक फरक निर्धारण हुन्छ।

सोहीअनुसार भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ।

आज अमेरिकी डलरको खरिद तथा बिक्री दर परिवर्तन भएको छैन। सोमबारजस्तै अमेरिकी डलर १ को १ सय १९ रुपैयाँ ४४ पैसामा खरिद तथा १ सय २० रुपैयाँ ०४ पैसामा बिक्री गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

तर युरोको खरिद तथा बिक्री दर भने केही परिवर्तन भएको छ । राष्ट्र बैंकका अनुसार आज १ युरोको खरिद दर १ सय ४० रुपैयाँ ०६ पैसा तथा बिक्री १ सय ४० रुपैयाँ ७६ पैसा तोकिएको छ।

अन्य कुन मुद्रा कति रुपैयाँमा खरिदबिक्री?
nrb rate 7 28

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार