२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

पर्सामा थप सात जनामा कोरोना संक्रमण

शनिवार , श्रावण ३, २०७७

काठमाडौँ,  साउन  ।  नेशनल मेडिकल कलेज वीरगञ्जमा ईन्टर्नसिप गरिरहेका एक जना मेडिकल छात्रसहित पर्सामा थप ७ जनामा कोरोना साक्रमणको पुष्टि भएको छ ।

केही दिनअघि भारतबाट आएर मेडिकल कलेजमा ईन्टर्नसिप गरिरहेका एक जना मेडिकल छात्र र पर्सा जिल्लाका विभिन्न क्वारेन्टिन तथा औषधि कारखानामा कार्यरत मजदुरहरु गरि सात जनामा शनिबार राति कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिए ।

सँक्रमण पुष्टि हुनेहरुमा वीरगञ्जको त्रिजुद्ध माविको क्वारेन्टिनमा रहेका एक जना, पर्साको पर्सागढी नगरपालिका स्थित क्वारेन्टिनमा रहेका एक र मारुती फर्मास्टियुकल्स प्रालीमा कार्यरत चार जना मजदुरहरु रहेको उपाध्यायले बताए ।

कारखानामै कार्यरत रहेको बेला ज्वरो आएकोले शंका लागि नारायणी अस्पतालमा आफै आएर परीक्षण गराउँदा उनीहरुमा संक्रमण देखिएको हो ।

संक्रमण पुष्टि भएका सातैजनालाई उपचारको लागि नारायणी अस्पताल मातहत रहेको अस्थायी कोभिड विशेष अस्पतालमा भर्ना गरिएको मेसु उपाध्यायले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार