२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

पुरुष फुटबलमा नेपाललाई लगातार स्वर्ण

मंगलवार , मंसिर २४, २०७६

काठमाडौं । प्रतिस्पर्धात्मक जितका साथ नेपालले १३औं सागको पुरुष फुटबलतर्फ स्वर्ण पदक जित्न सफल भएको छ ।

मंगलबार दशरथ रंगशालामा भएको फाइनल भिडन्तमा नेपालले भुटानमाथि २–१ को जित निकाल्दै स्वर्ण पक्का गरेको हो । नेपालले गत संस्करणमा पनि स्वर्ण जितेको थियो ।

79798196_739376036542073_8413632420791713792_n.jpg

 

फाइनल खेलमा नेपालका लागि १७औं मिनटमा अभिषेक रिजालले गोलको खाता खोलेका थिए । तर ३७औं मिनटमा चेन्चो ग्याल्सेनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

78858364_285615349046237_7973151454066114560_n.jpg

पहिलो हाफ १–१ को बराबरी खेले तापनि दोस्रो हाफको शुरुवाततिर ५४औं मिनटमा सुनिल बलले नेपालका लागि दोस्रो गोल गरी नेपालका लागि जित हात पारे।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार