२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

कोरोना कहर:

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १,२५६ पुग्यो

आज संक्रमित हुनेमा नवलपरासी पूर्वका मात्रै १८ जना

शुक्रवार , श्रावण २, २०७७

काठमाडौं, साउन । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार २५६ पुगेको छ । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार पछिल्लो परीक्षणको क्रममा तनहुँका ७ जना र नवलपरासीका १८ जनामा संक्रमण देखिएको हो ।

तनहुँको म्याग्दे गाउँपालिकामा १७ र ३० वर्षीय पुरुष, भानु गाउँपालिकाका २७ र २२ वर्षीय पुरुष, व्यास नगरपालिकामा २७, १९ र २४ वर्षीय पुरुष तथा गैंडाकोटका ५ महिलासहित १८ जना गरी २५ जनामा संक्रमण देखिएको हो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार