२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको भाउ अहिलेसम्मकै महङ्गो

बुधवार , आषाढ ३१, २०७७

काठमाडौं, असार । सुनको भाउ अहिलेसम्मकै महङ्गो भएको छ । 

सुनको भाउ आज तोलाको ९२ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा एक सय रुपैयाँ घटेर ९२ हजार २ सय रुपैयाँमा झरेको सुनको भाउ आज ६ सय रुपैयाँले बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले सुनको भाउ महङ्गो भएको महासंघले जनाएको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि नै सुनको भाउ बढ्न थालेको थियो । 

नेपालमा लकडाउनअघि चैत १० गते तोलाको ७७ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ लकडाउन खुकुलो भएपछि बजार खुलेको पहिलो दिन जेठ २५ गते तोलामा १० हजार ४ सय बढेर तोलाको ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसयता उकालो लागेको सुनको भाउले आज रेकर्ड बनाएको छ । 

यस्तै चाँदी आज तोलामा १० रुपैयाँ बढेर तोलाको एक हजार ५ रुपैयाँ पुगेको छ । भाउ महङ्गो  हुन थालेपछि कारोबार ठप्पजस्तै भएको व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार