२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालय

नेपालमा कोरोना : "८२ मा संक्रमण ,  संक्रमित १६ हजार ८०१ पुगे"

कोरोना भाइरस संक्रमण निको भएर ८  हजार ५८९ जना घर फर्किए

आइतवार , आषाढ २८, २०७७

 

काठमाडौं,  असार । आइतबार नेपालमा ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ३ हजार ९१६ वटा पीसीआर परीक्षणमा ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले  जनाएको छ ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ ।

काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण देखिएको छ । हाल उपचाररत कोरोना संक्रमितको संख्या ८ हजार १७४ रहेको  छ ।

आइतबार १४७ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना भाइरस संक्रमण निको भएर ८  हजार ५८९ जना घर फर्किएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार