काठमाडौं, असार । चितवनमा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल, कोभिड १९ परीक्षण प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा थप ५ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित पाँचै जना भरतपुर महानगरपालिका भित्रका रहेको अस्पतालले जानकारी दिएको छ । ती मध्ये ४ जना पुरुष हुन् भने एक महिला हुन् । भरतपुर ५, १५, १६ र २४ का ३६, ३८, ४३ र ३६ वर्षीय पुरुष तथा २७ वर्षीया एक महिलामा कोरोना पुष्टि भएको हो । उनी हरु सबै क्वारेन्टाइनमा रहेका छन् ।
शनिवार १२९ जनाको स्वाब परीक्षण गरिएको थियो, जसमध्ये ५ जनाको रिपोर्ट पोजेटिभ आएको र बाँकी १२४ जनाको भने नेगेटिभ आएको अस्पतालले जानकारी दिएको छ ।