२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

काठमाडौं उपत्यका : 'थप २३ मा कोरोना संक्रमण'

बुधवार , आषाढ २४, २०७७

 

काठमाडौं,  असार। बुधबार काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १६ जना र ललितपुरमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भक्तपुरमा भने बुधबार कसैमा पनि कोरोना संक्रमण भेटिएको छैन । काठमाडौं र ललितपुरमा भेटिएका संक्रमित कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा काठमाडौंका ६ जना र पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १० जना र ललितपुरका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार