२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

गौरीका सिंहकाे कीर्तिमान

गौरीकाले ल्याइन एकै सागमा चार स्वर्ण : नेपालकाे स्वर्ण ४९ पुग्याे

एकै वर्षको सागमा चार स्वर्ण जित्ने कीर्तिमान

सोमवार , मंसिर २३, २०७६

 

काठमाडौ मङ्सिर । १३ औं दक्षिण एशियाली खेलकूद (साग)मा पौडीको १०० मिटर फ्री स्टाइलमा गौरीका सिंहले अर्को स्वर्ण पदक जित्दै अर्को कीर्तिमान कायम गरेकी छन् ।

सागमा यो उनको चौथो पदक हो उनले एकै वर्षको सागमा चार स्वर्ण जित्ने कीर्तिमान बनाएकी छन् । उनले सोमबार भएको १०० मिटर फ्रीस्टाइल ५८.१३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् ।

उनकी प्रतिद्वन्द्वी भारतीय खेलाडी शिवांगी शर्मालाई हराएकी थिइन शिवांगीको समय ५८.१५ सेकेन्ड थियो । यस अघि तेक्वान्दो खेलाडी दीपक विष्टले फरक फरक सागमा चारवटा स्वर्ण पदक जितेर एकै व्यक्तिले सबैभन्दा धेरै स्वर्ण जितेको कीर्तिमान बनाएकी िथइन ।  गौरिकाले एकै सागमा चार स्वर्ण जितेकी हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार